अन्तर्राष्ट्रिय
प्रतिबन्ध लाउने कुरा गर्दै टीकटकमा ट्रम्पको पहिलो भिडिओ, १३ घण्टामा साढे तीन करोडले हेरे
०

अमेरिका, जेठ २१-
युवा मतदातासँग जोडिन अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प टीकटकमा आएका छन्। चुनावी अभियानको क्रममा ट्रम्पले हिजो (आइतबार) पहिलो भिडिओ पोष्ट गर्दै टीकटकमा आएका हुन् । रियल डोनाल्ड ट्रम्प नामक आइडीमा पोष्ट गरिएको ट्रम्पको भिडियोलाई १३ घण्टामा साढे तीन करोडले हेरेका छन् ।
कट्टर चीन विरोधी सार्वजनिक छवि बनाएका ट्रम्पले चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल कम्पनी टीकटक प्रतिबन्ध लाउने कुरा गर्दै आएका थिए । तर, आफै प्रतिबन्ध प्रस्ताव गरेर आफै टीकटक अकाउन्ट खोल्नुको कारण चुनाव भएको बताइएको छ । उनको भिडियोमा एक सहयोगीले ‘राष्ट्रपति टीकटकमा’ भन्दा ट्रम्पले ‘मेरो गर्वको कुरा’ भनेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























