कृषि

चितवनमा हावाहुरीले आँप र लिचीमा पुर्‍यायो क्षती

Banner

पुजा ढकाल,

चितवन, जेठ १९-

चितवनमा शुक्रबार आएको भिषण हावाहुरीले फलफुल खेतीमा समेत क्षति पुर्‍याएको छ । आँप र लिचीको सिजन सुरु भएको समयमा आएको हावाहुरीले आँप लिची झारेको छ भने बोट समेत ढालेको किसानले बताएका छन् ।
भरतपुरको बीपि कोइराला मेमोरियल क्यान्सर अस्पतालको बगैचामा लटरम्म फलेका आँप र लिचीमा समेत हावाहुरीले क्षति पुर्‍याएको छ ।

१५ लाख ५५ हजार लगानी गरेको आँप र लिचीमा पानीसहितको हावाले ६० प्रतिशत क्षती पुर्‍याएको व्यवसायीले बताएका छन् । बिक्री वितरणको लागि तयारी अवस्थामा रहेको आँप र लिचीको बोट हावाहुरीले भाचिदिएको व्यवसायी पदम लामाले बताउनुभयो । उहाँले २० लाख भन्दा बढी क्षती पुगेको नारायणी अनलाइनलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले तीन वर्षको लागि ठेक्का सम्झौता गरेका थियौं । बिक्रीका लागि तयारी अवस्था थियो । शुक्रबारको हावा हुरीले सबै नष्ट गरिदियो ।’ पदम लामा र नरजङ तमाङले तीन वर्षको लागि ठेक्का सम्झौता गरेका हुन् ।

यहाँ तीन सयभन्दा बढी लिची र २५० भन्दा बढी आँपको बोट छन् । यहाँ उत्पादन भएको आँप काठमाडौँ, पोखरा निर्यात हुने गरेको छ भने लिची स्थानीय बजारमा बिक्री हुने गरेको छ । अहिले लिची प्रतिकेजी २५० रुपैया र आँप प्रतिकेजी ५० रुपैँया मा बिक्री गर्ने गरिएको छ । उहाँले भन्नुभयो, ‘आँप लिची हावा हुरीले झरेर सबै फुटेका छन् । बिक्री गर्न पनि मिल्दैँन । यो वर्ष नोक्सान भएपनि आम्दानीको लागि अझैँ दुई वर्ष छ । दुई वर्ष त यस्तो नहोला भन्ने आशा छ ।’ हावाहुरीले यस वर्षको आँप र लिचीमा क्षती पुर्‍याए पनि आफुले आत्मबल नगुमाएको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>