देश/प्रदेश

मोटरसाइकल र स्कुटर ठोक्किँदा दुवै चालकको मृत्यु

Banner

काठमाडौं, जेठ १९-

ललितपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । गएराति साढे १२ बजे ललितपुरको महालक्ष्मी नगरपालिका(४ टेम्पो पार्क नजिक बा ८३ प ५२६७ नम्बरको मोटरसाइकल र बा ५६ प ५०५६ नम्बरको स्कुटर ठोक्किँदा दुवै सवारी साधनका चालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एसपी नरेशराज सुवेदीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक काठमाडौंको साखु घर भई डल्लु बस्ने २१ वर्षीय आयुष श्रेष्ठको उपचारका क्रममा आज बिहान मृत्यु भएको थियो।

मोटरसाइकलका चालक खोटाङको साकेला घर भई ललितपुरको लुभु बस्ने २६ वर्षीय लकेश राईलाई उपचारका लागि बि एन्ड बी अस्पताल पुर्‍याएपनि उपचारका क्रममा उनको पनि बिहान मृत्यु भएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>