देश/प्रदेश
सीआईबीको प्रहरी भन्दै सुन पसल लुट्ने समूहका एकजना पक्राउ
०

काठमाडौँ, जेठ १७-
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रहरी भन्दै सुन पसल लुटपाट गर्ने एक जना प्रकाउ परेका छन् । लुटपाटमा संलग्न समूहमध्य प्रहरीले एक जनालाई पक्राउ गरेको हो । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का ४८ वर्षीय भाग्यराम पाइन पक्राउ परेका हुन् ।
पक्राउ परेका पाइनबाट सुनको जन्तर, मंगलसुत्र, अमेरिकी डलर र लकेट बरामद भएको छ । १३ जेठ राति काठमाडौंको कपनस्थित मुस्कान चोकमा रहेको बाह्रबिसे सुनचाँदी पसलका मालिक जयविक्रम विकलाई नियन्त्रणमा लिएर सुन लुटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।
पक्राउ परेका पाइन यसअघि २९ मंसिर २०७० मा ज्यान मार्ने उद्योगको कसुरमा पक्राउ परी ४ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























