देश/प्रदेश

सिरोहिया नागरिकता प्रकरणः जारी गर्ने र प्रतिलिपी दिने कर्मचारीलाई पक्राउ गर्ने तयारी

Banner

जनकपुरधाम, जेठ १७-

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता जारी गर्ने र प्रतिलिपी दिने कर्मचारीलाई पनि प्रहरीले प्रकाउ गर्ने भएको छ । सिरोहियाको नागरिकता जारी गर्ने र प्रतिलिपी दिने तत्कालीन दुई कर्मचारी पनि अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गर्ने अनुमति लिएको हो ।

प्रहरीले जिल्ला अदालत धनुषाबाट वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध पक्राउ पूर्जी लिएको छ।

अनुसन्धानबाट ०३४ सालमा जिल्ला प्रशासन कार्यालयबाट बुवा स्व. घासीराम मारवाडीको नागरिकता अंकिकृत भएपनि सिरोहियाको वंशजको नागरिकता जारी गरिएको खुलेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>