Breaking News
एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित

भरतपुर,भदौ १५-
एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) चितवनको ११औँ जिल्ला अधिवेशन बुधबार बिहान सम्पन्न मतगणनाबाट ६ सय ६ मत प्राप्त गर्दै पाठक अध्यक्ष निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिद्धन्दी घनश्याम कँडेलले ९३ मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा श्याम कुमार बिष्ट ४०४ मत प्राप्त गर्दै बिजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी कृष्णकुमार डल्लाकोटीले २८४ मत प्राप्त गर्नुभयो । सचिवमा प्रकाश ढुङ्गाना ४६६ मत प्राप्त गर्दै बिजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी पदमपाणी सुवेदीले २२१ मत प्राप्त गर्नुभयो ।
यस्तै उपसचिव (खुल्ला) मा २४० मत प्राप्त गर्दै मिन बहादुर परियार बिजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी केशव आचार्यले २०६ मत,टिकाराज रिजालले १५० मत र गोपाल परियारले ७९ मत प्राप्त गर्नुभयो । उपसचिव (महिला) तर्फ ज्वाला पुरी वनले ३६६ मतका साथ विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी जानकी शर्माले ३१० मत प्राप्त गर्नुभयो ।























