समाचार

बढेन वृद्धभत्ता, सामाजिक सुरक्षामा १ खर्ब १६ अर्ब बजेट विनियोजन

०
Banner

काठमाडौं,जेठ १५-

सरकारले वृद्धवृद्धा र एकल महिला लगायतले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता रकम यथावत राखेको छ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा मंगलबार आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइएको बताएका हुन् ।

ुज्येष्ठ नागरिकलगायत लक्षित वर्गलाई दिइँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइएको छ, मन्त्री पुनले भने । यससँगै वृद्धभत्ता कम्तीमा एक वर्ष वृद्धि नहुने पक्का भएको छ । सामाजिक सुरक्षा भत्तामा १ खर्ब १६ अर्ब रुपैयाँ विनियोजन गरिएको उनले उल्लेख गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>