समाचार

लोकतान्त्रिक गणतन्त्रपछि विद्युत उत्पादन बढेर तीन हजार ६० मेगावाट पुगेको छः अर्थमन्त्री पुन

०
Banner

काठमाडौं, जेठ १५-

अर्थमन्त्री वर्षमान पुनले विद्युत उत्पादन क्षमता बढेको बताएका छन्।

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको आज १६ वर्ष पुगेको स्मरण गर्दै उनले विद्युत उत्पादन बढेको बताएका हुन्।

लोकतान्त्रिक गणतन्त्रपछि विद्युत उत्पादन सात सय मेगावाटबाट बढेर तीन हजार ६० मेगावाट पुगेको उनले बताए।

संघीय संसदको संयुक्त बैठकमा बोल्दै अर्थमन्त्री पुनले कुल गार्हस्थ उत्पादन लगायत सामाजिक तथा आर्थिक विकासमा देशले फड्को मारेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>