घटना -दुर्घटना
भट्टेडाँडामा ट्याक्टर र मोटरसाइकलमाथि पहिरो खस्दा दुई जना घाइते
०

ललितपुर, जेठ १५-
ललितपुरको भट्टेडाँडामा सुख्खा पहिरो खस्दा दुई जना घाइते भएका छन्।
मंगलबार बिहान पौने १० बजे बागमती गाउँपालिका वडा नम्बर ३ भट्टेडाँडा खरिबासमा सुख्खा पहिरो खसेर दुई जना घाइते भइका हुन् । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार सुख्खा पहिरो ट्याक्टर र मोटरसाइकलमाथि खसेको थियो।
पहिरो खसेर लाग्दा प्रदेश २-०३-००४ प – ५६६१ नम्बरको मोटरसाइकल चालक घाइते छन्। उनको उपचारको लागि नख्खुस्थित मेडिसिटी अस्पतालमा लगिएको छ।
स १ त ७३१८ नम्बरको ट्याक्टर चालक भने सामान्य घाइते छन्।
अहिले एक्साभेटरको प्रयोगले पुरिएका बाइक र ट्याक्टर निकालिएको छ। अवरूद्ध भएको सडक खुलाउने प्रयास भइरहेको छ।