समाचार
बजेट भाषण ३ बजेलाई सर्यो
०

काठमाडौं, जेठ १५-
मङ्गलवार १ बजे तय भएको संयुक्त सदनको बैठक तीन बजेका लागि सरेको छ ।
आज सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दैछ । सदन बस्नुअघि दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।
मन्त्रिपरिषद्बाट बजेट पारित गराएर सार्वजनिक गर्ने चलन छ ।
सहकारी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितको कार्यदेश टुंगाउन केही समय लाग्ने भएपछि सरकारको अनुरोधमा बैठक सारिएको संसद सचिवालयले जनाएको छ ।
सोमबार कार्यादेशमा सहमति जुटेपछि दलहरुले आज समितिमा बस्ने नेताहरुको नाम बुझाउने छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























