चितवन विशेष

पत्रकार महासंघ चितवनमा चार संगठनले लगाए ताला

Banner

चितवन, जेठ १४–

नेपाल पत्रकार महासंघले सदस्यता सुद्धिकरणमा मनपरी गरेको भन्दै चितवनका चार संगठनले संयुक्त रुपमा नेपाल पत्रकार महासंघ चितवन शाखामा तालाबन्दी गरेको छ ।

महासंघले चितवन शाखाले सहमति जनाएको सदस्य भन्दा बाहिर गएर थपघट गरेको, मनपरी तन्त्र गरेकोलगायतको आरोप लगाएर चार संगठनले आज तालबन्दी गरेका हुन् । तालाबन्दी गर्नुअघि चार संगठनका प्रतिनिधित्व गर्दै नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीलाई ज्ञापन पत्र बुझाए । सो क्रममा बोल्दै युनियन अध्यक्ष ढकालले पत्रकार महासंघमा संगठनहरुले सहमति जनाएका भन्दा बाहिरको सदस्यता थपघट गरेको भन्दै यो मान्य नहुने बताए । उनले चितवनका चार वटै संगगठनहरुले यही अवस्थामा चितवनमा कुनैपनि हालतमा अधिवेशन निर्वाचन हुन नसक्ने बताए ।

प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले महासघले सदस्ता सुद्धिकरणको नाममा मनपरीतन्त्र गरेकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको बताए । उनले पनि सदस्यता सुद्धिकरण जिल्लातहबाट टुंगो लागेका विषयलाई नै निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले विधिसम्मत रुपमा सदस्यता सुद्धिकरणलाइै अगाडि बढाउनुपर्नेमा जोड दिए । यस्तै प्रेस संगठन चितवनका अध्यक्ष सूर्य पाठक, समाजवादी संगठनका अध्यक्ष टिकादत्त तिमिल्सिनाले एक्यैवद्धता जनाउँदै कुनै पनि हालतमा सदस्यता टुंगो नलागेसम्म निर्वाचन प्रक्रिया अघि बढ्न नसक्ने बताए ।

ज्ञापनपत्र बुझ्दै महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले संगठनहरुले उठाएको सवालमा आफूले पनि एक्यवद्धता जनाए । उनले महासंघ चितवन शाखाले सिफारिस गरेको भन्दै फरक लिस्ट बाहिर सार्वजनिक भएको भन्दै आपत्ति जनाए । उनले भने–‘तपाईहरुको आन्दोलनमा मेरो पनि समर्थन छ, यहाँ हामीले गरेको निर्णयलाई केन्द्रले कुल्चिएको छ, हामी यही अवस्थामा चुनाव गराउदैनौं ।’

महासंघले यही जेठ २६ गते निर्वाचन घोषणा छ । तर सदस्यता सुद्धिकरणलाई लिएर देशैभर विरोध भइरहेको छ । महासंघ केन्द्रीय कार्यालयमा पनि समेत तालाबन्दी गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>