अन्तर्राष्ट्रिय

टर्बुलेन्स हुँदा कतार एयरवेजको जहाजमा सवार १२ जना घाइते

Banner

दोहा, जेठ १४-

कतारको दोहाबाट आयरल्यान्डको डब्लिन जाने क्रममा टर्बुलेन्स हुँदा कतार एयरवेजका १२ जना घाइते भएका छन्।

आइतबार कतार एयरवेजको फ्लाइट क्युआर ०१७ करिब १ बजेतिर डब्लिनमा सुरक्षित अवतरण गरेको द गार्डियनले जनाएको छ।

त्यसबीच टर्कीको आकासमा टर्बुलेन्स हुँदा ६ जना यात्रु र ६ जना चालक दलका सदस्य घाइते भएका हुन्।

अवतरण गरेपछि सबै यात्रुको स्वास्थ्य परीक्षण गरिएको थियो। आठ जनालाई अस्पताल लगिएको थियो भने बाँकी चार जनालाई सामान्य चोट मात्रै लागेको थियो। कतार एयरवेजले यात्रुहरू कसरी घाइते भए भन्ने विषयमा आन्तरिक छानबिन थालेको छ।

यसअघि गत मंगलबार लन्डनबाट सिंगापुर जानेक्रममा सिंगापुर एयरलाइन्सले पनि टर्बुलेन्स झेलेको थियो। जसक्रममा ७३ वर्षीय पुरूषको मृत्यु र दर्जन बढी मानिसलाई चोट लागेको थियो। त्यसपछि उक्त जहाजलाई बैंकक डाइभर्ट गरिएको थियो। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>