Breaking News

नारायणगढ–मुग्लिन खण्डमा पाँच सवारी साधन आपसमा ठोक्किदा एक जनाको मृत्यु, २२ जना घाइते

Banner

चितवन, जेठ १४-

नारायणगढ–मुग्लिन सडक खण्डको सत्र किलो भन्ने स्थानमा गएराति पाँच वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको र २२ जना घाइते भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलेको छैन ।

अन्दाजी १७ वर्षीय एक पुरुषको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

उनका अनुसार इच्छाकामना आधारभुत अस्पताल कुरिन्टारमा पहिचान नखुलेका १८ जनाको उपचार भइरहेको छ भने चितवन मेडिकल कलेजमा चार जनाको उपचार भइरहेको छ । घाइतेहरु मध्ये आठ जनाको अवस्था गम्भिर रहेको र १४ जनाको अवस्था मध्यम रहेको उनले बताए ।

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सत्रकिलोमा गएराति राति १२ः३० बजेको समयमा तीन वटा यात्रुबहाक बस र २ वटा ट्रक आपसमा ठोक्किएका हुन् । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा ४ ख ९०८६ नम्बरको यात्रुबहाक बससंग विपरित दिशाबाट जाँदै गरेको बा ३ ख ७९१५ नम्बरको मालबहाक ट्रक ठक्कर खाएको र उक्त ट्रकको पछाडी ना ६ ख ८९६८ नम्बरको बस र सो बसलाई ना ३ ख ५९३६ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको हो ।

त्यस्तै मुग्लिनबाट आउँदै गरेको यात्रुबहाक बसलाई सोही दिशाबाट आउँदै गरेको ना ४ ख ३२४८ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटना भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक निरला भण्डारीको टोली दुर्घटना स्थल पुगेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>