तनहुँ

डुम्रे आउँदै गरेको भारतीय कार दुर्घटना, घाइतेको चितवनमा उपचार हुँदै

Banner

काठमाडौं, जेठ १३-

पृथ्वी राजमार्गमा आँबुखैरेनीबाट डुम्रे आउँदै गरेको कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

आज (आइतबार) बिहान पौने ४ बजे आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ सत्रसय स्थित पृथ्वी राजमार्गमा आँबुखैरेनीबाट डुम्रे आउँदै गरेको भारतीय नम्‍बर प्लेटको कार दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिआर ०६ डिएच ८२८१ नम्बरको कार अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो । दुर्घटनामा विहार मजसापुर थानाकोटी बस्ने २३ वर्षीया सचेन्द्र कुमार तथा आनन्द कुमार, ३० वर्षीय राजेश कुमार र २५ वर्षीय सुमित कुमार घाइते भएका छन् ।

घाइते मध्य सचेन्द्र आँबुखैरेनी अस्पताल र अन्य तीन जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>