चितवन विशेष

एक्सपर्ट चितवनमा भोलि युके युनिभर्सिटी फेयर हुँदै

Banner

चितवन, जेठ १२–

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनमा भोलि (आइबार) उच्च शिक्षा अध्ययनका लागि बेलायत जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै युके युनिभर्सिटी फेयर हुने भएको छ ।

फेयरमा युकेका ८ वटा युनिभर्सिटीका प्रतिनिधिहरुले परामर्श दिने एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्ली राम अधिकारीले जानकारी दिए । उनले युकेमा उच्च शिक्षाको चाहना राखेका विद्यार्थीहरुका लागि सही परामर्श लिन यो उपयुक्त मौका रहेको उनको भनाई छ । फेयरमा अभिभावक तथा विद्यार्थीहरुलाई कार्यक्रममा सहभागि भएर प्रत्यक्ष रुपमा युनिभर्सिटीका प्रतिनिधिहरुसंग सबैखाले जिज्ञाशा राख्न सक्ने छन् ।

पछिल्लो समय युवाहरु उच्च शिक्षाका लागि बेलायतलाई पनि रोजाईमा पार्न थालेको छ । भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा हुने फेयर विहान १० देखि दिउँसो ३ बजेसम्म चल्नेछ । एक्सपर्टले अष्ट्रेलिया, क्यानडा, अमेरिकालगायत देशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै यस खालका फेयरहरु गर्दै आइरहेको छ ।

अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ कक्षाहरु समेत संचालन गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>