खेलकुद

भरतपुर इमर्जिङ कप क्रिकेट सुरु, फ्लाई यु र स्नो ह्वाइटको विजयी सुरुवात

Banner

चितवन, जेठ ११–

भरतपुर इमर्जिङ कप टी–२० कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । बिहीबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको भरतपुर महानगरपालिकाका कार्यबाहक मेयर समुद्घाटन गरेका थिए । कार्यक्रममा भरतपुर नगर क्रिकेट संघका अध्यक्ष मनिष सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने राईट एण्ड एसोसिएटका प्रवन्ध निर्देशक देवेन्द्रराज रेग्मी र नेपालका पूर्व कप्तान राजु खड्काले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

आयोजक भरतपुर महानगर खेलकुद बिकास समितिका अध्यक्ष बिकास श्रेष्ठले उद्घाटन समारोहको समापन गरेका थिए । प्रतियोगितामा चार टोली सहभागी छन् । जसमा हिमावारी वारीयर्स, स्नो ह्वाइट ग्लाडिएटर्स, राइट राइडर्स र फ्लाई यु फाइटर्स रह्का छन् । उद्घाटन खेलमा राइट राइडर्स र स्नो ह्वाइट ग्लाडिएटर्स प्रतिस्पर्धा भएको थियो । जसमा स्नो ह्वाइटले ६ विकेटको जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गर्‍यो । राइट राइडर्सले दिएको ११० रनको लक्ष्य स्नो ह्वाइटले १९ ओभरमा ४ विकेट गुमाउँदै पुरा ग¥यो । स्नो ह्वाइटका लागि रुपेश क्षेत्रीले २५ बलमा ३२ रन बनाए भने आयुष गिरीले २० रन बनाए । राइट राइडर्सका लागि विशाल खत्री र पवन सापकोटाले समान एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको राइट राइडर्सले १०९ रन बनाएको थियो । उसका लागि विवस न्यौपानेले ४२ र रोशन गिरीले २८ रन बनाए । स्नो ह्वाइटका लागि दिपेश क्षेत्रीले ४ ओभरमा १३ रन खर्चिदै ३ विकेट लिए भने रुपेश क्षेत्रीले एक विकेट लिए ।
यस्तै दोस्रो खेलमा हिमावारी वारीयर्सलाई ३ विकेटले पराजित गर्दै फ्लाई यु फाइटर्सले विजयी सुरुवात गरेको छ । हिमावारी वारीयर्सले दिएको ९० रनको लक्ष्य फ्लाई यु फाइटर्सले १७ ओभरमा ७ विकेट गुमाउँदै ९३ रन बनाएर जित हात पा¥यो ।

फ्लाई यु फाइटर्सका लागि निशभ तिमिल्सिनाले अविजित ४७ रन बनाए । अनुज अधिकारीले १३ रन बनाए । हिमावारी वारीयर्सका लागि मनिष पुनले ३ र सफल खरेलले २ ओभरमा ८ रन खर्चिदै २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको हिमावारी वारीयर्स १५.३ ओभरमा ८९ रनमै अलआउट भएको थियो । उसका लागि कृष्ण घिमिरेले २५ र मन्दिप बरालले १६ रन बनाए । फ्लाई यु फाइटर्सका लागि सञ्जय शाहीले ३ बलमा १ रन खर्चिदै २ विकेट लिए भने निशभ तिमिल्सिनाले एक विकेट लिए । प्रतियोगिताको फाइनल जेष्ठ १३ गते हुनेछ । सिनियर तथा उमेर समूहबाट नखेलेका खेलाडीहरुलाई लक्षित गरी प्रतियोगिता आयोजना गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>