देश/प्रदेश
क्रसर उद्योगमा मेसिनको फित्तामा टाउको च्यापिएको अवस्थामा युवकको शव फेला
०

जनकपुरधाम, जेठ १०-
धनुषामा क्रसर मा एकजनाको शव भेटिएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ मा रहेको कमला स्टोन क्रसरको फित्तामा टाउको फसेको अवस्थामा एक युवकको शव फेला परेको हो ।
मजदुरी गर्दै आएका स्थानीय गोदरका २० वर्षीय अर्जुन यादवको शव ढुंगा फोड्ने मेसिनको फित्तामा टाउको च्यापिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।
त्यस्तै सोही क्रसरमा काम गर्ने बाराक निजगढ बस्ने ४५ वर्षीय खेमकुमार मगर घाइते अवस्थामा भेटिएका छन् । प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























