खेलकुद

भरतपुर मेयर कप फुटबलः अमर मावि समूह विजेता

Banner

चितवन, जेठ ९–
भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगमा आज तीन खेल सम्पन्न भएको छ ।

पटिहानीमा भएको समूह डी को खेलमा सनराईज ईंग्लिस बोर्डिङ स्कुल विजयी भएको छ । सनराईजले होली भिजनलाई २(१ ले हराएको हो । सनराईजको जितमा मन्जित क्षेत्रीले खेलको छैटौं र ४६ औं मिनेटमा गोल गरे । होली भिजनका कप्तान यमबहादुर दुराले २१ं मिनेटमा गोल गरे । दुई गोल गरेका सनराईजका मन्जित म्यान अफ दि म्याच भए ।

यससँगै सनराईज सन्त्वना जितका साथ प्रतियोगिता टुङ्गाएको छ । उसको ३ खेलमा ३ अंक भएको छ । सनराईज यस अघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो । उता होली भिजनले भने अंकबिहिन हुँदै लिग टुङ्गाएको छ ।

यस्तै बखान मिनि रंगशाला शारदानगरमा भएको समूह ई को खेलमा अमर मावि विजयी भएको छ । अमर माविले दुर्गा शेषकान्त माविलाई १(० ले पराजित गरेको हो । अमर माविको जितमा कप्तान बसन्त कुमालले निर्णायक गोल गरे । उनले खेलको २३ औं मिनेटमा गोल गरे । उनी नै म्यान अफ दि म्याच भए ।

यो जितसँँगै अमर मावि समूह ई को विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ । समूहमा अपराजित अमर माविको तीन खेलबाट ९ अंक भएको छ । यो हारले दुर्गा शेषकान्तलाई समूहको अर्को खेल कुर्नु पर्ने भएको छ । उसको तीन खेलमा ४ अंक छ ।

बिहीबार हुने वाल्मिकी शिक्षा सदन र ब्राइटस्टार ईंग्लिस बोर्डिङ स्कुलको नतिजाले दुर्गा शेषकान्तको भविष्य निर्धारणा गर्नेछ । उक्त खेलमा वाल्मिकी कम्तिमा ६० ले विजय भए दुर्गा शेषकान्तको भविष्यको यात्रा टुङ्गिन्छ । अन्य नतिजाले भने दुर्गा शेषकान्त नकआउटमा प्रवेश गर्नेछ ।

यता कृष्णपुरमा भएको समूह एफ को खेलमा ग्रामोदय ईंग्लिस बोर्डिङ स्कुल विजयी भएको छ । ग्रामोदयले अंकुरम एकेडेमीलाई ३(२ ले हराएको हो । ग्रामोदयको जितमा नविन दराईले खेलको २३ औं र २९ औं मिनेटमा गोल गरे । यस्तै रिहान तिवारीले ३० औं मिनेटमा गोल गरे ।

अंकुरमका कप्तान संजोग थापाले २५ औं र अनन्त तामाङले ५१ औं मिनेटमा गोल गरे पनि हार टार्न सकेनन् । दुई गोल गरेका ग्रामोदयका नविन म्यान अफ दि म्याच घोषित भए ।

यो जितपछि ग्रामोदयको नकआउट सम्भावना कायमै रहेको छ । ग्रामोदय ५ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यही समूहको खेलमा हिमालय दण्डपाणि माविले किरण अमरजंग माविलाई पराजित गरे ग्रामोदय नकआउटमा पुग्नेछ ।

लिगमा बिहीबार पनि तीन खेल हुनेछ । बिहीबार पटिहानीमा समूह डी का नारायणी नमुना मावि र जनज्योति मावि भिड्नेछन् । यस्तै शारदानगरमा वाल्मिकी शिक्षा सदन र ब्राइटस्टार ईंग्लिस बोर्डिङ तथा कृष्णपुरमा हिमालय दण्डपाणि र किरण अमरजंग मविलाई भिड्ने खेल संयोजक विजय घलेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>