खेलकुद

भरतपुर इमर्जिङ कप क्रिकेटको ट्रफी सार्वजनिक

Banner

चितवन, जेठ ९–

भरतपुर इमर्जिङ कप टी–२० च्याम्पियनसिपको ट्रफी सार्वजनिक भएको छ । आज (बुधबारं नारायणी नदी किनारमा एक कार्यक्रमकाबीच ट्रफी सार्वजनिक गरिएको हो ।

आयोजक भरतपुर महानगर खेलकुद बिकास समितिका अध्यक्ष बिकास श्रेष्ठ, नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान राजु खड्का, राईट एण्ड एसोसिएट चितवनका प्रवन्ध निर्देशक देवेन्द्रराज रेग्मीलगायतले ट्रफी सार्वजनिक गरेका हुन् ।

यस्तै सोही कार्यक्रममार्फत सहभागी चारै टिमको जर्सी सार्वजनिक तथा अम्पाएरलाई बल हस्तान्तरण पनि गरिएको छ । भरतपुर महानगर खेलकुद बिकास समितिको आयोजनामा बिहीबारबाट प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिताको खेलहरु गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा हुनेछ ।

प्रतियोगितामा चार टोली सहभागी छन् । जसमा हिमावारी वारीयर्स, स्नो ह्वाइट ग्लाडिएटर्स, राइट राइडर्स र फ्लाई यु फाइटर्स रह्का छन् । उद्घाटन खेलमा राइट राइडर्स र स्नो ह्वाइट ग्लाडिएटर्स भिड्नेछन् । खेल भोलि (बिहीबार) बिहान ८ बजे हुनेछ । बिहीबार नै दिउँसो १ बजे फ्लाई यु फाइटर्स र हिमावारी वारीयर्स भिड्नेछन् ।

चारै टिमले एक अर्कासँग खेल्नेछन् । जसमध्य अंकतालिकाको शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछ । फाइनल जेष्ठ १३ गते हुनेछ । सिनियर तथा उमेर समूहबाट नखेलेका खेलाडीहरुलाई लक्षित गरी प्रतियोगिता आयोजना गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>