देश/प्रदेश
सिरोहिया पक्राउप्रति नेपाल बारले भन्योः राज्य शक्तिको दुरुपयोग स्वीकार्य हुँदैन
०

काठमाडौँ, जेठ ९-
नेपाल बार एशोसिएसनले प्रतिशोध साँध्ने उद्देश्यले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्य शक्तिको दुरुपयोग किमार्थ स्वीकार्य नहुने बताएको छ ।
कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरेकोमा बारले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रेस स्वतन्त्रता र मानवअधिकारको संरक्षण र सम्बद्र्धनमा एशोसिएसनले सदैव पहरेदारी र संरक्षण गर्दै आएको स्मरण गराएको छ ।
‘नागरिकको अभिव्यक्ति स्वतन्त्रता र आलोचनालाई मुखरित गर्ने स्रोतको रुपमा रहेको पत्रकारिता जगतमाथि प्रहार गरिनु लोकतन्त्रमाथिकै प्रहार हो’, बारले बुधबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘प्रतिशोध साँध्ने उद्देश्यले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्य शक्तिको दुरुपयोग किमार्थ स्वीकार्य हुँदैन ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























