राजनीति

डा.शेखर कोइराला भन्छन्ः सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन

०
Banner

काठमाडौँ, जेठ ८–

नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य नभएको प्रतिक्रिया दिएका छन् ।

सामाजिक संजाल फेसबुक मार्फत डा.कोइरालाले लोकतन्त्रको पहरेदार भई उभिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य नभएको प्रतिक्रिया दिएका हुन् ।

उनले लेखेका छन्–‘आफु दोहोरो पासपोर्ट लिंदै हिंड्ने र सहकारी ठगीको आरोप विरुद्ध छानविन हुन नदिने तर ३ दशकदेखि सुचना प्रवाह र लोकतन्त्रको पहरेदार भई उभिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन ।
प्रहरीले सही र गलत छुट्याँउनेमा विश्वस्त छु ।’

सिरोहियालाई आजै कान्तिपुरको कार्यालयबाटै प्रहरीले पक्राउ गरेको छ । उनलाई जनकपुर लैजाने तयारी गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>