चितवन विशेष

झुवानीमा विद्यार्थीको रक्त समूह पहिचान गर्न नमुना संकलन

Banner

चितवन, जेठ ८-

पूर्वि चितवनको रत्ननगरमा विद्यार्थीहरुको रक्त समूह पहिचान गर्न रक्त नमुना संकलन गरिएको छ ।

सोमबार रत्ननगर नगरपालि वडा नं.५ स्थित झुवानी माध्यामिक विद्यालयमा नगर स्वास्थ्य केन्द्र टरौलीले निःशुल्क रुपमा विद्यार्थीहरुको रक्त समूह पहिचान गर्न रक्त नमुना संकलन गरिएको हो । रत्ननगर नगरपालि वडा नं.५ का वडा अध्यक्ष बालकृष्ण चापागाईँले मानिसको जन्मदेखि मृत्युसम्म अतिआवश्यक पर्ने रगत र त्यसको पनि समुह पहिचान गर्न कार्यक्रम सुरु गरिएको बताउनुभयो ।

विद्यालय स्वास्थ्य कार्यक्रम मार्फत विद्यालय स्तरमै यस प्रकारको कार्यक्रम सञ्चालन गरिएको भन्दै वडाध्यक्ष चापागाईँले विद्यार्थीहलाई सानै उमेरदेखि आफ्नो स्वास्थ्यप्रति सचेत रहन सहयोग पुग्ने जानकारी दिनुभयो ।

नगर स्वास्थ्य केन्द्र टरौलीका स्वास्थ्यकर्मी र वडा स्थित स्वास्थ्य स्वयमसेविकाको उपस्थितिमा विधार्थीहरुको रगतको नमुना संकलन गरिएको स्वास्थ्य केन्द्रका प्रमुख सिनियर अहेब गोविन्द प्रसाद शर्माले बताउनुभयो ।

मानव जीवनमा अतिनै आवश्यक पर्ने रगत त्यसमा पनि रक्त समुह पहिचान गर्न विद्यालय रक्त समुह संकलन शिविर सञ्चालन गर्नु निकै उपयोगि रहेको विद्यालयका प्रध्यानाध्यापक नविनचन्द्र भट्टराईले बताउनुभयो । उहाँले विद्यालयका ४६० विधार्थी मध्य करिब ३ सय विद्यार्थीको रक्त समुह पहिचान गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>