Breaking News

इच्छाकामनाको खेतबारीका ७१ घरधुरीमा धारा जडान

Banner

चितवन, जेठ ४-

चितवनको इच्छाकामना गाउँपालिका–७ को खेतबारी र सिमलढापमा ‘एक घर एक धारा’ अभियानअन्तर्गत सञ्चालित खानेपानी आयोजना सम्पन्न भएको छ ।
शुक्रबार एक कार्यक्रमका बिच सम्पन्न खानेपानी आयोजनाको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ र वाइन टु वाटर नेपालकी निर्देशक रोशनी कार्कीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । गुरुङ, मगर र चेपाङ समुदायको बसोबास रहेको खेतबारीका ७१ घरमा धारा निर्माण गरिएको छ ।

त्यस अवसरमा अध्यक्ष गुरुङले बाँकी रहेका बस्तीमा पनि चाँडै धारा जडान हुने बताउनुभयो । उहाँले गाउँपालिकाले सबै वडामा यो अभियान सञ्चालन गरिरहेको भन्दै चेपाङ बस्तीलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । उहाँले खानेपानी योजना सम्पन्न भएपछि पानी डोकोमा बोक्ने दिनको अन्त्य भएको बताउनुभयो ।

गाउँपालिका, स्थानीय उपभोक्ता र वाइन टु वाटर नेपाल संस्थाको साझेदारीमा खानेपानी आयोजना सम्पन्न भएको हो । करिब रु ७१ लाखको लागतमा आयोजना निर्धारित समयभन्दा अघिनै सम्पन्न भएको अध्यक्ष गुरुङले बताउनुभयो । साझेदारी संस्थाको ६५, गाउँपालिकाको २५ र स्थानीयवासीको १० प्रतिशत श्रमदानबाट आयोजना सम्पन्न भएको हो ।

यस परियोजना मार्फत इच्छाकामनामा १७ वटा कार्यक्रम सञ्चालित छन् । त्यसमध्ये १५ वटा परियोजना समपन्न भएको वाइन टु वाटर नेपालकी निर्देशक रोशनी कार्कीले जानकारी दिनुभयो । परियोजना हस्तान्तरण गर्दै कार्कीले खानेपानी आयोजना कम्तिमा २० बर्षसम्म सञ्चालन गर्न संरक्षण गर्न अनुरोध गर्नुभयो ।
चार किलोमिटर टाढा रहेको मुहानबाट ल्याइएको पानीको ट्याङ्कीबाट घरघरमा पानी पुर्‍याइएको छ ।

त्रिपक्षीय साझेदारीमा गरिएको काम समयमै सम्पन्न भएकामा प्रशन्नता प्रकट गर्दै आधारभूत सुविधामा पहुँच नपुगेका समुदायको जीवनस्तर उठाउन आफ्नो संस्था क्रियाशील रहेको कार्कीले बताउनुभयो । कार्यक्रममा गाउँपालिका प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेत खानेपानीको सहजतापछि आयआर्जनमा लाग्न स्थानीयलाई सुझाब दिनुभयो । उहाँले सबैको प्रयासमा आयोजना सम्पन्न भएको भन्दै साझेदारीमा भएका कामले प्रतिफलता समेत हाँसिल गरेको बताउनुभयो । कार्यक्रममा वडाध्यक्ष सन्तबहादुर मगर, वाइन टु वाटरका यज्ञराज जोशी लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>