देश/प्रदेश

सामुदायिक वनमा अवैधरुपमा सालका रुख कटानी

Banner

कञ्चनपुर, जेठ ३-

कृष्णपुर नगरपालिका–२ बाणीस्थित ग्वालावारी सामुदायिक वनमा अवैधरुपले सालका रुख कटानी गरेको पाइएको छ ।

सालको सुकेको खडा एक र ढलापडा एक गरी दुई रुख बुधबार कटान गरी गोलिया बनाइ तस्करी गर्नका लागि ठिक्क पारिएको अवस्थामा बरामद भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले बताउनुभयो ।

खडा रुखबाट ११ र ढलापडा रुखबाट पाँच गरी १६ गोलिया आराको प्रयोग गरी काटेर राखिएको अवस्थामा फेला पारिएको उहाँले बताउनुभयो । बरामद काठ तीन सय १५ दशमलव ५० क्युविक फिट रहेको छ । बरामद काठ बाणी सव डिभिजन वन कार्यालयमा राखिएको छ ।

सव डिभिजन वन कार्यालयले अवैधरुपमा काठ तस्करी गर्नका लागि रुख कटानी गर्नेहरुको पहिचान गर्न अनुसन्धानको कार्य अगाडि बढाएको जनाएको छ । सव डिभिजन वन कार्यालयले अनुसन्धान गरी तयार गरेको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अगाडि बढ्ने सूचना अधिकारी अवस्थीको भनाइ छ ।

“काठ अवैधरुपमा कसले काटेको भन्नेबारे अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो, “चाँडै दोषीको पहिचान गरी कानुनी दायरामा ल्याउछौँ ।” यसअघि कृष्णपुर–२ कै गडबिजुला सामुदायिक वनमा अवैधरुपमा काठ कटान गरी तस्करी गरेको आरोपमा वनका पदाधिकारी पक्राउ परेका थिए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>