चितवन विशेष

परिवार दिवसमा भरतपुरमा प्रभातफेरी

Banner

चितवन,जेठ २-

चितवनमा अन्तराष्ट्रिय परिवार दिवस मनाइएको छ । भरतपुर महानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखा, जेसिआई नारायणगढ र शिशु फर्टिलिटी क्लिनिकको संयुक्त आयोजनामा भरतपुरमा प्रभातफेरी निकालेर दिवस मनाइएको हो ।

‘विविधतालाई सुदृढ पार्दै परिवारलाई बलियो बनाउँ’ भन्ने मुल नाराका साथ निकालिएको प्रभातफेरी भरतपुरको सप्तगण्डकी चोकबाट सुरु भएर चौविसकोठी, हस्पिटल रोड, भरतपुर अस्पताल हुँदै शिशु फर्टिलिटी क्लिनिकमा पुगेर सकिएको थियो । प्रभातफेरीमा परिवार नै बनौँ परिवारको साथी, पारिवारिक हिंसाको अन्त्य गरौँ, एक परिवारदेखि अर्को परिवारसम्म, एउटै सहर परिवार जस्ता नारा लेखिएका प्लेकार्ड बोकेएका थिए ।

अन्तराष्ट्रिय परिवार दिवसको अवसर पारेर परिवारको महत्व बुझाउन प्रभातफेरी निकालिएको शिशु फर्टिलिटी क्लिनिकका सञ्चालक चिरन्जिवी ढकालले जानकारी दिनुभयो । ‘निःसन्तानपन भएकाहरु मानसिक तथा सामाजिक हिंसामा पर्दछन् । यो उपचार गरे ठिक हुन्छ’, उहाँले भन्नुभयो ‘यसबारे जनचेतना जनचेतना जगाउन प्रभातफेरी निकालिएको हो ।’

विश्वमा १९९३ देखि हरेक वर्ष मे १५ का दिन विश्व परिवार दिवस मनाउने गरिएको छ । ¥यालीमा सहभागी नारायणगढ लेडी जेसिसकी शाखा अध्यक्ष हिना श्रेष्ठले जिवनमा परिवारको निकै महत्व भएको र परिवार रहे मात्रै समाज राष्ट्र रहने बताउनुभयो । उहाँले परिवारलाई खुसी दिन सके जिवनमा अगाडी बढ्न सकिने बताउनुभयो ।

भरतपुर महानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाकी स्वयंसेवक सुभद्रा श्रेष्ठले पहिले संयुक्त परिवारमा बस्दा हजुरआमा, हजुरबाबाट बालबालिकालाई पारिवारिक संस्कारबारे ज्ञान भएपनि अहिले नयाँ पुस्तामा हस्तान्तरण नभएको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>