देश/प्रदेश

भारत लैजाँदै गरेको २५० किलो गाँजा बरामद

Banner

विराटनगर, जेठ २-

प्रहरीले भारत लैजाँदै गरेको २५० किलो गाँजासहित एक जना पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१७ आईसीपी रोडबाट मंगलबार राति साढ ११ बजेतिर काँचो केरा लोड गरिएको प्रदेश १–०२–०२ च ६३३१ नम्बरको पिकअप भ्यानबाट गाँजा बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, एसपी नवराज कार्कीले बोरामा प्याक गरेर पिकअपको पछाडि ढालामा राखिएको अवस्थामा गाँजा बरामद भएको जानकारी दिए ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>