Breaking News

गगनले भनेः लामिछानेमाथि प्रशस्तै प्रमाण भएकोले कांग्रेस सदन चल्नुपर्छ भन्ने पक्षमा छैन

Banner

काठमाडौं, वैशाख २८-

नेपाली कांग्रेसले आफूहरूले उठाएको मुद्दालाई हल्का नठान्न सरकारलाई चेतावनी दिएको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको प्रशस्तै प्रमाण रहेकोले छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने अडान राखेका छन् ।

उनले भने-सदनमा प्रश्नहरूको घाटी निमोठ्ने प्रयास हुँदै छ। गृहमन्त्री केही समय अगाडि सदनको बाहिर उभिएर चार वर्ष बन्द भए पनि हुन्छ। बन्द भए होस् मजाले चलाउने हो भन्नुभएको थियो। भर्खर भर्खर आउनुभएको हो सबै कुरा थाहा नहुन पनि सक्छ। तर प्रधानमन्त्रीले त सदन कसरी चल्छ चलाउनुपर्छ भन्ने थाहा छँदै छ। तर, हिसाबकिताब बिग्रिने डर त सबैलाई हुने नै भयो। त्यसैले आज सदनमा जुन दृश्य बन्दै छ। त्यसको कारक हामी होइन। जे गर्ने सोच राखिएको त्यसको मूल्य ठूला चुकाउनुपर्नेछ। यसलाई हल्का नठानियोस्, कांग्रेस सदन चल्नुपर्छ भन्ने पक्षमा छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>