Breaking News

रविको पछाडि प्रहरी नभएर कांग्रेस लागेको छः ओली

Banner

काठमाडौं, वैशाख २८-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग प्रतिरोधी र स्वार्थ केन्द्रित भएको बताएका छन् । एमाले संसदीय दलको बैठकलाई शुक्रबार सम्बोधन गर्दै ओलीले गृहमन्त्री लामिछाने माथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग प्रतिरोधी र स्वार्थ केन्द्रित भएको बताएका हुन् ।

उनले गृहमन्त्री लामिछानेका पछाडि प्रहरी नभएर कांग्रेस लागेको बताए । कांग्रेस प्रमुख सचेतकले मुद्दाको फाइल बोकेर हिँडेको भन्दै उनले भने, ‘महान्यायाधिवक्ताको कार्यालय भन्दैछ, केही छैन । उहाहँरु विभिन्न पृष्ठमा नाम उल्लेख भएको ल्याउनुभएको छ ।’

सहकारीमा समस्या रहेको भन्दै कसरी समस्या समाधान गर्ने भनेर सरकारले कदम चाल्नुपर्ने बताए । ‘सहकारीको अवस्थामा के छानबिन गर्ने ? वेथिती भएको छ छैन भन्दा छ, लगानीकर्ता डुबाइएको छ कि छैन भन्दा छ ?’ उनले भने, ‘अब रिसर्च के गर्ने ? सरकारले कदम चाल्न पर्‍यो कसरी समस्या समाधान गर्ने ।’

कांग्रेसले भने जस्तो संसदीय समिति बनाए तत्काल राजीनामा माग्ने ओलीको दाबी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>