देश/प्रदेश

प्रधानमन्त्री प्रचण्ड भवन उद्घाटन गर्न सल्यान जाँदै, दार्मा गाउँपालिकामा सार्वजनिक बिदा

Banner

काठमाडौं, वैशाख २७-

सल्यानको दार्मा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड जाने भएका छन्। दार्मा गाउँपालिका-३ मा रहेको पालिकाको प्रशाकीय भवन बिहान ११ बजे उद्घाटन गरिँदैछ।

भवन उद्घाटनका लागि प्रधानमन्त्री नै जाने भएपछि पालिकाभरी सार्वजनिक बिदा दिइएको छ। गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले कार्यपालिका बैठकले निर्णय गरेर प्रशासकीय भवन उद्घाटनको दिन पालिकाभरी सार्वजनिक बिदा दिने निर्णय गरिएको बताए।

‘स्थानीय सरकारले वर्षमा पाँच दिन सार्वजनिक बिदा दिन पाउँछ।त्यसमा अझै तीन दिन बाँकी नै थियो। प्रधानमन्त्री आउने भनेपछि कर्मचारीहरूले अरू काम पनि गर्न नभ्याउने भएर बिदा दिइएको हो, उनले भने।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>