देश/प्रदेश

बाँधेर आगो लगाएको अवस्थामा सडेको शव फेला

Banner

काठमाडौं, वैशाख २८-

काभ्रेमा एक युवकको क्रुरतापूर्वक हत्या भएको छ। पाँचखाल नगरपालिका वडा नम्बर ४ मेलम्ची जिरोकिलोमा एक युवक मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठले बताए ।

सडकबाट करिब ५० मिटर तल बिराजे खोल्चा वनमा एक पुरूषलाई मुख र छातीमा फलामको तारले रूखमा बाँधेर आगो लगाएको अवस्थामा शव फेला परेको डिएसपी श्रेष्ठले बताए।

करिब २५ वर्षीय युवकको शव करिब २५ः२० दिन अगाडिदेखि नै रहेको हुनसक्ने प्रहरीको भनाइ छ। शव सडिसकेको अवस्थामा छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>