आगलागी

अब डढेलो लगाउनेको सुराकी दिनेलाई ५० हजार पुरस्कार

Banner

काठमाडौं, वैशाख २१-

डढेलो लगाउनेको सुराकी दिनेले अब पुरस्कार पाउने भएका छन् । हेलम्बु गाउँपालिकाले डढेलो लगाउने सुराकी दिनेलाई पुरस्कार दिने घोषणा गरेको हो । हेलम्बु गाउँपालिका क्षेत्रका वन क्षेत्रमा डढेलो लगाउने क्रियाकलाप बढेको भन्दै गाउँपालिकाले सुराकी दिनेलाई ५० हजार पुरस्कारको घोषणा गरेको छ।

‘केही दिन यता देशका अन्य भूभागलगायत हेलम्बु गाउँपालिका क्षेत्रका वनमासमेत डढेलो लगाउने क्रियाकलापहरू बढेको देखिन्छ। त्यस्ता क्रियाकलापबाट वन क्षे लगायत मानव स्वास्थ्य तथा समग्र वातावरणमा नै नकारात्मक प्रभाव पर्ने विषय आम जानकारीको विषय नै हो भने कानुनले बर्जित गरेको विषय समेत हो। तसर्थ, आम हेलम्बुबासी लगायत सम्बद्ध सबैमा वन क्षेत्रमा डढेलो लगाउने जस्ता कुनै पनि कार्य नगर्नु हुन आग्रह गर्दै अन्यथा वन ऐन २०७६ को दफा ५० को उपदफा (४) लगायतका प्रचलित नियमानुसार कानुनी कारबाही गरिने विषय समेत सबैलाई सूचित गरिन्छ,’ सूचनामा भनिएको छ, ‘साथै त्यस्ता क्रियाकलाप गर्ने व्यक्तिको बारे स–प्रमाण जानकारी यस कार्यालयमा दिएमा सूचनादाताको नाम गोप्य राखी निजलाई पचास हजार रूपैयाँ नगद पुरस्कार दिइने व्यहोरा समेत जानकारी गराइन्छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>