समाचार
वाइवाइ चाउचाउबारे भ्रामक प्रचारबाजी गर्नेलाई कारबाही गर्ने सिइओ पुडासैनीको चेतावनी
०

काठमाडौं, वैशाख १८-
वाइवाइ चाउचाउका प्रमुख कार्यकारी निर्देशक प्रदीप पुडासैनीले तथ्यहीन र भ्रामक कुरा लेख्ने तथा भिडिओ बनाएर सामाजिक सञ्जालमा हाल्नेहरुविरुद्ध कानूनी कारबाहीमा जाने चेतावनी दिएका छन् ।
वाइ वाइ चाउचाउको गुणस्तरबारे भ्रामक र तथ्यहीन कुराहरू सामाजिक सञ्जालमा पोष्ट गर्नेहरुविरुद्ध साइबर ब्युरोलगायत निकायमार्फत कानूनी कारबाहीमा जाने पुडासैनीले बताएका छन् ।
पुडासैनीले वक्तव्यमा भनेका छन्-वाइ वाइ चाउचाउको गुणस्तरका विषयमा आधारहीन,भ्रामक र तथ्यहीन कुराहरू लेख्ने,बोल्ने र भिडियो बनाएर पोष्ट गर्ने कार्य पूर्णतया गैरकानूनी कार्य हो । यस्तो काम गर्नेहरुविरुद्ध प्रचलित कानून बमोजिम कारबाही गरिने जानकारी गराइन्छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























