चितवन विशेष
वल्र्डलिंकले नयाँ वर्ष अफरः ‘वल्र्डलिंक खुशीयालीको बहार, नयाँ वर्षमा उपहार’
०

चितवन, वैशाख १०–
इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले नयाँ वर्षको अफर ल्याएको छ ।
‘वल्र्डलिंक खुशीयालीको बहार, नयाँ वर्षमा उपहार’ योजना ल्याएको हो । वल्र्डलिंक इन्टरनेट नयाँ जडान वा नविकरण गर्दा विभिन्न प्रकारका इलेक्ट्रोनिक सामग्रीहरु भारी छुट पाउने व्लर्डलिंक चितवन युनिट इन्चार्ज पुष्प सागर बराकोटीले जानकारी दिए ।
यस नयाँ वर्ष अफर अन्तरगत ९० हजार ९९९ पर्ने ल्यापटप ६० हजार ९९९ रुपैयाँ पाइने छ । यस्तै पानासोनिक इलेक्ट्रोनिक्स सामग्रीहरुमा ३७ प्रतिशतसम्म छुट, ७ हजार २२५ पर्ने सिसिटिभी क्यामेरा ३२५० रुपैयाँमा पाइने छ ।
यस्तै ४३ हजार ९९९ पर्ने मोबाइल फोन ३४ हजार ९९९ मा, ४४९९ पर्ने स्मार्टवाच २२४९ मा पाइने वल्र्डलिंकले जनाएको छ ।