Breaking News

अव्यवस्थित ढलले नारायणगढ बजार दुर्गन्धित, राजमार्ग बन्द गर्ने व्यवसायीको चेतावनी

Banner

निरुता बिक

चितवन, वैशाख ९

नारायणगढ बजार ढलको व्यवस्थापन नहुँदा दुर्गन्धित भएको छ ।

सडक बिस्तारको क्रममा रहेको बजार क्षेत्रमा ढलको व्यवस्थापन नहुँदा दुर्गन्धले व्यवसायी हैरान भएका हुन् ।

भरतपुर महानगरपालिका वडा नम्बर १ को लायन्स चोकदेखि सहिदचोकसम्मको क्षेत्रको नालामा बग्नुपर्ने ढल सडक छेउमा जमेर बसेको छ । दुर्गन्धले आजित भएका व्यवसायीले आइतबार सांकेतिक विरोध गर्दै महानगरपालिकालाई दबाब दिएका छन् ।

फागुनदेखि दुर्गन्धित हुँदै आएको यो क्षेत्रमा आवतजावत गर्ने यात्रुले समेत सास्ती खेप्दै आएको गणेश टोल विकास संस्थाका अध्यक्ष भूपेन्द्र बस्नेतले बताए । उनले नाला निर्माण भइसके पनि ढलको व्यवस्थापन नगरिएको भन्दै व्यवसायी आक्रोशित भएको जानकारी दिए । उनले भने, ‘नाला निर्माण भइसके पनि ढलको व्यवस्थापन नगरिएको भन्दै व्यवसायी आक्रोशित भएका छन् । दुर्गन्धले स्वास्थ्यमा समेत असर पर्न थालेको व्यवसायीले गुनासो गरेका छन् ।’

ढलको निकास नहुँदा व्यवसायमा समेत समस्या आएको भन्दै अध्यक्ष बस्नेतले महानगर पालिकामा पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुुनुवाइ हुन नसकेको बताए । उनले ढलको निकास समयमै नगरे राजमार्ग बन्द गर्ने र अनसन बस्ने चेतवानी दिए ।

यो सडक भएर हिड्ने यात्रुले नाकमुख थुनेर हिड्नुपर्ने बाध्यता छ भने व्यवसायीहरु ग्राहक नआउँदा व्यवसाय नै बन्द गर्नुपर्ने हो कि भन्ने चिन्तामा छन् । दुर्गन्ध फैलिएको विषयमा महानगरपालिकामा पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुुनुवाइ नभएको भन्दै स्थानीय र व्यवसायीले राजमार्ग नै बन्द गर्ने चेतावनी दिएका छन् । व्यवसायी खेमनारायण पराजुलीले बर्षैसम्म पनि सडक निर्माण सम्पन्न नगरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । संस्थाका सचिवसमेत रहेका उनले चितवनको मुख्यबजार क्षेत्र लायन्स चोकबाट सहिदचोकसम्म निमार्ण कार्य ढेड वर्षसम्म नसकिएको बताए । उनले भने, ‘मुख्य बजार क्षेत्र लायन्स चोकबाट सहिदचोकसम्म निर्माण गर्न ढेड वर्षसम्म लागेको छ । ग्रामीण क्षेत्रमा त झन् के हालत होला । यही सडकको नालाले गिज्याएको हो कि भन्ने अनुभूति भएको छ ।’ लायन्सचोकदेखि सहिदचोकसम्म जम्मा चार किलोमिटरको बाटो हो । मुख्यबजार क्षेत्रमा चार किलोमिटर सडक निर्माण गर्न १६ महिना लाग्नुपर्ने हो भन्दै प्रश्न समेत गरेका छन् । अहिले अहिले डेढ वर्ष बितिसक्दा पनि फुटपाथ निर्माणको काम अलपत्र छ । नालामा ढक्कन लगाइएको छैन । ढक्कन नलगाइएको नालामा मान्छे पर्ने हो कि भन्ने चिन्तामा स्थानीय व्यवसायी छन् ।

व्यवसायी तथा सचिव पराजुलीले मध्य नेपालको उत्कृष्ट सहरको रुपमा चितवन चिनिए पनि मुख्य बजार अव्यवस्थित ढलका कारण दुर्गन्धित बनेको बताए । उनले भने, ‘हामी व्यवसायी शान्ति चाहान्छौ । शान्तिपूर्ण रुपमा मागलाई यथा सिघ्र कार्यन्वयन गर्न आग्रह गर्छु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>