अन्तर्राष्ट्रिय

विषादी हालेको अंगुर खाइरहनु भएको छ ? यसरी सफा गर्नुस्

Banner

काठमाडौं, वैशाख ६-

अंगुर प्रायः जसो सधैं पाइन्छ । हरेक उमेर समूहका मानिसलाई मन पर्ने फल हो अंगुर ।

बजारमा कालो, रातो, हरियो रंगका अनेकौं अंगुर आउन थालेका छन् । अंगुर मिठो त हुन्छ नै यसको सेवनले शरीरले पनि अनेकौं लाभ पाउँछ । तर अंगुरको खेतिमा व्यापक स्तरमा किटनाशक हालिएको हुन्छ । उचित वृद्धिको लागि अंगुरमा धेरै मात्रामा कीटनाशक प्रयोग गरिएको हुन्छ ।

तपाईले सादा पानीले मात्रै धोएर अंगुर खाइरहनु भएको त छैन । सादा पानीले मात्रै पखाल्दा अंगुरमा भएको विषादी पखालिँदैन । त्यसैले हरेक पटक अंगुर खानु अघि राम्रोसँग यसलाई सफा गर्न जरुरी छ । यसो गर्दा विषादी सेवनका कारण शरीरलाई हुन सक्ने क्षतिबाट बच्न सकिन्छ । स्वस्थ रहन र किटनाशक हटाउन अंगुरलाई यसरी गर्नुस् सफाः

१. एउटा ठूलो भाँडामा अंगूर राख्नुस् अनि पानी हाल्नुस्

अब यसमा २ चम्चा डिस्टिल्ड भिनेगर वा एप्पल साइडर भिनेगर हाल्नुस् । अंगुरलाई यो घोलमा घुमाउनुस् अनि १० मिनेटसम्म भिजाएर राखिदिनुस् । पानी निकानेर फ्याक्नुस् अनि अंगूरलाई चिसो पानीले राम्ररी धुनुस् । अब यो खानको लागि पूरै तयार छ ।

२.सबै भन्दा पहिले एउटा कचौरा पानी भर्नुस्

अब २ चम्चा समुद्री नुन र २ चम्चा बेकिंग सोडा हाल्नुस् । यी दुबैलाई तबसम्म पानीमा घोलिरहनुस् जबसम्म पानीमा पूरै घुलिँदैनन् । त्यसपछि यो पानीमा अंगूरहरू हाल्नुस् । यो पानीमा अंगूरहरू पूरेको डुबेको हुनु पर्छ । अंगूरलाई करिब ५ मिनेटसम्म यो पानीमा भिज्न दिनुस् । अनि यो पानी फ्याकेर सादा पानीले सफा गर्नुस् । अंगर खानका लागि तयार भयो । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>