चितवन विशेष

नारायणी कला मन्दिरमा ‘गरिमा इन्द्रेणी साँझ’को रौनक

Banner

चितवन, चैत ५-

नारायणी कला मन्दिरले ‘गरिमा इन्द्रेणी साँझ–२०८१’ सम्पन्न भएको छ ।

नयाँ वर्षको अवसरमा सोमबार कला मन्दिरले कला तथा संस्कृति संरक्षणको लागि इन्द्रेणी साँझ गरेको हो ।

कार्यक्रममा झण्डै एक दर्जन कलाकारले विविध सांस्कृतिक कार्यक्रमसहित गीत र नृत्य प्रस्तुत गरेका छन् । गायिक बिन्दु परियारको गायनले कार्यक्रमको आकर्षण थप बढेको थियो । कार्यक्रममा कला मन्दिरको हरेक कार्यक्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नृत्य निर्देशक सुमित लामा तथा सिद्धकुमार श्रेष्ठलाई कदरपत्र प्रदान गरिएको कला मन्दिरका अध्यक्ष रोहितकुमार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, मुख्य प्रायोजक गरिमा विकास बैंकका सिईओ माधवप्रसाद उपाध्याय, सेन्ट्रल कलेजका प्रबन्ध निर्देशक यज्ञविलास पौडेललगायतको उपस्थिति थियो । करिब दुई घण्टा सञ्चालन भएको कार्यक्रममा सांस्कृतिक प्रस्तुति हेर्न दर्शकको भीड लागेको थियो । कार्यक्रम कला मन्दिरका सदस्य निरञ्जन प्रधानको संयोजकत्वमा आयोजना गरिएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>