कर्पोरेट

एक करोड लगानीमा भरतपुरमा जापानिज रेष्टुरेन्ट‘ याप्पारी स्टेक’ को दोस्रो शाखा

Banner

भरतपुर,बैशाख ३-

९ महिना अगाडि भरतपुरको स्याउली बजारमा सञ्चालित जापानिज रेष्टुरेन्ट ‘याप्पारी स्टेक’ को दोस्रो शाखा पुरानो मेडिकल कलेज अगाडि खुलेको छ ।जापानिजसहित नेपाली र भारतीय खाना पनि खुवाइने नयाँ शाखा भोलि मंगलबारबाट औपचारिकरुपमा सञ्चालनमा आउन लागेको हो ।

१० वर्ष जापान बसेर आएका रेष्टुरेन्टका सञ्चालक कृष्ण पौडेलका अनुसार नौ महिनामा पहिलो रेष्टुरेन्टको आम नागरिकबाट राम्रो रेस्पोन्स आएकोले दोस्रो रेष्टुरेन्टमा सेवाहरु थप गरेर सञ्चालनमा ल्याइएको हो । बिहान ७ बजेबाट राति १० बजेसम्म सञ्चालनमा आउने रेष्टुरेन्टमा थप ११ जनाले रोजगारी पाएका छन् । पहिलो शाखामा ६ जनाले रोजगारी पाइरहेको पौडेलले बताए । उनले भने, ‘ नेपालमा आर्थिक मन्दी छ भने पनि आफ्नो पेसा तथा व्यवसायमा ध्यान दिएर मेहनतका साथ काम गर्न सके सफल भइन्छ भन्ने आत्मविश्वास छ ।’ नयाँ शाखामा बिरयानी, कफी, बर्गरलगायत जापानिज, नेपाली र भारतीय परिकारहरुको समिश्रण रहने छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>