चितवन विशेष

चितवनमा वन्यजन्तु सप्ताहअन्तर्गत चरा अवलोकन

Banner

चितवन, वैशाख ३-

चितवनमा सुरु भएको २९ औं वन्यजन्तु सप्ताहअन्र्तगत चराको अवलोकन गरिएको छ ।

सामुदायिक वनमा चराको अवस्था पत्ता लगाउन सौराहाको जनकौली मध्यवर्ती सामुदायिक वनमा आज चरा अवलोकन गरिएको हो ।

जनकौली मध्यवर्ती सामुदायिक वनको आयोजना तथा चितवन राष्ट्रिय निकुञ्ज, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति, वर्ड एजुकेशन सोसाइटी चितवन सौराहा र नेचर गाइड एशोसियसन सौराहाको सहकार्यमा उपकरणको प्रयोग गरी चरा अवलोकन गरिएको छ । अवलोकनमा चराको अवस्था अध्ययन गर्नुका साथै संरक्षणकर्मीहरुलाई चरा संरक्षणमा भएका प्रयास र प्रजातिको बारेका जानकारी समेत गराइएको छ । चितवनमा रहेका ६५५ प्रजाति मध्ये ५० प्रतिशत प्रजाती सो सामुदायिक वनमा रहेको वर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष बासु विडारीले बताए ।

ओझेलमा रहेको जनकौली वनको प्रचारप्रसार र पर्यापर्यटनको विकासको लागि दबाब र्सिजना गर्न वन्यजन्तु सप्ताहको अबसरमा पारेर चरा अबलोकन कार्यक्रम राखिएको वर्ड एजुकेशन सोसाइटीको अध्यक्ष टिका गिरीले जानकारी दिए । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समूहका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले कार्यक्रमको उद्घाटन गर्दै सौराहाको काखैमा रहेको जनकौली वनमा पर्यापर्यटनको विकास गर्न नसकिएकोमा चिन्ता व्यक्त गरे । चराको राम्रो बासस्थान रहेको जनकौलीमा पर्यटक आर्कषित गर्ने गतिविधि आवश्यक रहेको उनको भनाइ छ । उनले पर्यटकलाई डुंगा सयर गराइरहेको जनकौलीमा निकट भविष्यमा जीप सफारी सञ्चालन गरी उपभोक्ताको जीविकोपार्जन आधार तयार गर्ने बताए ।

जनकौली वनका अध्यक्ष जोगेन्द्र महतोले सामुदायिक वनमा चराको राम्रो बासस्थान रहेको बताए । अन्य देशहरुबाट आउने चराहरुले जनकौलीमै बच्चा जन्माएर फर्किने गरेको उनको भनाइ छ । कार्यक्रममा चितवन निकुञ्जका रेन्जर अक्षय चौधरी, बाघमारा वनका अध्यक्ष जीत बहादुर तामाङ, नेचर गाइड एशोसियसनका अध्यक्ष अनिल गुरुङलगायतले मन्तव्य राखेका थिए ।
सप्ताह व्यापी कार्यक्रम अन्तर्गत भोलि वैशाख ४ गते वन्यजन्तु संरक्षण मुलक विद्यालयस्तरीय चित्रकला प्रतियोगिता, सोही दिन वन्यजन्तु र मानिसबीचको सहअस्तित्वसम्बन्धी विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, ५ गते डुंगा सयर, ६ गते वन, वन्यजन्तु र वातावरण संरक्षणमूलक सचेतना ¥याली गरिने छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>