चितवन विशेष

नेपाली नयाँ वर्षमा नारायणी किनारमा ‘नयाँ वर्ष उत्सव’ गरिँदै

Banner

चितवन, चैत २८-

नयाँ वर्षको अवसरमा नारायणी किनारमा नयाँ वर्ष उत्सव गरिने भएको छ ।

उद्योग वाणिज्य संघ चितवनको आयोजनामा उत्सवअन्तर्गत विविद्य सांस्कृतिक कार्यक्रमसँगै खाना महोत्सव गरिने भएको हो ।
उत्सव चैत ३० गते बेलुका ७ बजेबाट १२ बजेसम्म सञ्चालन गरिने तयारी गरिएको छ ।

उत्सव वैशाख १ गते बेलुका ९ बजेसम्म चल्ने छ । नेपाली संस्कृतिको समेत संरक्षण हुने र भरतपुर भ्रमण वर्ष २०२४ को प्रवद्र्धन समेत हुने उक्त कार्यक्रमले चितवन जिल्लाको आर्थिक गतिविधि चलायमान गराउनमा समेत सहयोग पुग्ने संघको अपेक्षा रहेको संघको अध्यक्ष सुमनकुमार श्रेष्ठद्वारा हस्ताक्षरित प्रेस नोटमा उल्लेख छ । आर्थिक मन्दी र व्यापार व्यवसायमा आएको सुस्तताका कारण आर्थिक क्षेत्र गम्भिर परिस्थितिमा रहेको अवस्थामाआयोजना गर्न लागिएको कार्यक्रमले केहीआशाको दियो बाल्ने संघले जनाएको छ ।

महोत्सवमा २० वटा स्टलमा खानाका परिकार राखिने छ । उक्तकार्यक्रममा भरतपुर महानगरपालिका कार्यालयले प्रवद्र्धकको भूमिका निवार्ह गरेको छ । महोत्सवको मुख्य प्रायोजकको रुपमा गोर्खा ब्रुअरी रहेको छ भने अन्य सहयोगीको रुपमा सेन्ट्रल कलेज, यमाहा मोटर्स, सोफाहव,बोटलर्स नेपाल (तराई) लि, एबीएस मोटर्स, ओजोन मोटर्स, स्याफ्रोन ईन्डिएनकुजिन, लगायतका संघ संस्थाहरुको सहयोग रहेको छ । नया“ वर्ष उत्सवको कार्यक्रममा सहभागी हुने दर्शक तथा सर्वसाधारणलाई निःशुल्कप्रवेशको व्यवस्था गरिएको संघले जनाएको छ ।
स्थानीय र राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुति रहने उक्तकार्यक्रमले नदी किनारको प्रवद्र्धनमा थप सहयोग पुग्ने संघको अपेक्षा छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>