Breaking News

अन्तर प्रदेश राष्ट्रिय खेलकुदः करातेमा ९ स्वर्णसहित १६ पदकका साथ बागमती प्रदेश प्रथम

Banner

चितवन, चैत २७–

चितवनको भरतपुरमा जारी प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आज पनि विभिन्न खेलहरु सम्पन्न भएका छन् ।

औद्योगिक प्रदर्शनी केन्द्रमा भएको तेक्वान्दो र कराते प्रतियोगिता आजबाट सकिएका छन् । करातेको दुई विधा ‘काता’ र कुमुते अर्थात् फाइटमा ९ स्वर्ण ३ रजत र ४ काश्य पदकसहित १६ पदकका साग बागमती प्रदेश प्रथम भएको छ । ४ स्वर्ण ३ रजत र २ काश्य पदकसहित कुल ९ पदकका साथ लुम्बिनी प्रदेश दोस्रो भयो भने ३ स्वर्ण २ रजत र ५ काश्यपदक सहित १० पदकका साथ सुदूरपश्चिम प्रदेश तेस्रो हुन सफल भयो ।

कोशी प्रदेशले एक स्वर्ण ६ रजत र ६ काश्यपदक सहित कुल १३ पदक जित्न सफल भयो भने कर्णालीले एक स्वर्ण, ५ काश्य पदकसहित ६ पदक हात पा¥यो । गण्डकीले एक रजत र ५ काश्यपदक पदकसहित ६ पदक, मधेश प्रदेशले पनि १ रजत र ७ काश्य पदकसहित ८ पदक जित्न सफल भयो । विजेताहरुलाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव एवं करातेका अध्यक्ष युवराज लामा, बागमतीका सांसद इश्वर सापकोटा, प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव सूर्य भण्डारीले पुरस्कार वितरण गरेका थिए ।

बक्सिङतर्फ विभिन्न तौल समूहका क्वाटरफाइनल तथा सेमीफाइनलका खेलहरु सम्पन्न भएका छन् । यस्तै चित्रवन रंगशालामा एथलेटिक्सका खेलहरु सम्पन्न भएका छन् । पुरुष तथा महिला भलिबल भरतपुर–१०, स्थित गेष्टहाउस चौर जारी छ । ब्याडमिन्टन भरतपुर कवर्डहलमा भइरहेका छन् । ब्याडमिन्टनमा पुरुष टिम इभेन्टमा कोशी प्रदेश प्रथम भएको छ भने बागमती दोस्रो, कर्णाली र लुम्बिनी प्रदेश तेस्रो स्थान हासिल गरेका छन् ।

त्यस्तै महिला टिम इभेन्ट तर्फ पनि कोशी प्रदेश नै प्रथम भएको छ कर्णाली प्रदेश दोस्रो, गण्डकी र बागमती प्रदेशले तेस्रो स्थान हासिल गरेको छ । अन्य इभेन्टका फाइनल खेलहरु भोलि हुनेछन् । बखान स्मृति रंगशाला जारी महिला फुटबलतर्फ आज क्वाटरफाइनल चरणका खेलहरु सम्पन्न भएका छन् । भोलिबाट सेमीफाइनल खेलहरु सुरु हुनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>