Breaking News

अन्तर प्रदेश राष्ट्रिय खेलकुदः पौडीमा २७ स्वर्णसहित ५३ पदकसहित बागमती प्रथम

Banner

चितवन, चैत २७–

चितवनको भरतपुरमा जारी प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत विभिन्न खेलहरु सकिएका छन् ।

जस अन्तरग पौडी प्रतियोगितामा बागमती प्रदेश २७ स्वर्ण पदकसहित ५३ पदकका साथ प्रथम स्थान हुन सफल भएको छ ।
लेक ट्वान्टी थाउजण्ट हवेलीमा भएको प्रतियोगितामा बागमतीले २७ स्वर्ण, १९ रजत र ७ काश्य पदकसहित ५३ पदकका साथ प्रथम स्थान हासिल गरेको हो ।

प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ३ स्वर्ण, ८ रजत र ७ काश्य पदकसहित १८ पदकका साथ दोस्रो स्थानमा रह्यो । कोशी प्रदेश ३ रजत, १३ काश्यपदकसहित १६ पदकका साथ तेस्रो स्थान हासिल ग¥यो । लुम्बिनी प्रदेशले ३ काश्य पदकसहित चौथो स्थानमा रह्यो भने मधेश र गण्डकी प्रदेशले एउटा पनि पदक जित्न सकेन ।

दुई दिनसम्म चलेको प्रतियोगितामा ९० पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताको दोस्रो दिन आज १७ इभेन्टमा खेलहरु भएका थिए । विजेताहरुलाई बागमती प्रदेशका सांसद सुमन सापकोटा, प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव सूर्य भण्डारीले विजेताहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>