Breaking News

प्रथम अन्तर प्रदेश महिला क्रिकेटको उपाधि सुदूरपश्चिमलाई

Banner

चितवन, चैत २७–

प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशले हात पारेको छ ।

भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनल खेलमा कोशी प्रदेशलाई ५ विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि माथि कब्जा जमाएको हो । उपाधिसंगै सुदूरपश्चिमले ट्रफी र स्वर्ण पदक प्राप्त ग¥यो । उपविजेतामा चित्त बुझाएको कोशी प्रदेश ट्रफी र रजत पदक प्राप्त ग¥यो । विजेताहरुलाई समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका सांसद इश्वर सापकोटाले पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक सुदूरपश्चिमकी जानकी भट्ट भइन् भने उत्कृष्ट बलरको अवार्ड कोशी प्रदेशकी अलिशा खदिया र उत्कृष्ट ब्याटर सुदूरपश्मिकी कप्तान बिन्दु रावल भइन् । फाइनलमा कोशीले दिएको ९३ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा ५ विकेट गुमाउँदै पुरा ग¥यो । सुदूरपश्चिमको जितमा कप्तान बिन्दु रावलले ३८ रनको महत्वपूर्ण पारी खेलिन् । ४४ बलको सामना गरेकी बिन्दुले ३ चौका र एक छक्का प्रहार गरिन् । लक्ष्मी साउदले अविजित १२, सावित्री धामीले १२, कविता कुवँर र रुबि पोदारले समान ११ रन बनाए ।

कोशी प्रदेशका लागि रुविना क्षेत्रीले २, सबनम राइ र संगीता राइले समान एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोशी निर्धारित २० ओभरमा अलआउट हुँदै ९२ रन बनाएको थियो । उसका लागि अप्सरी बेगमले सर्वाधिक ३२ रनको पारी खेलिन् । उनले २ चौका र एक छक्का प्रहार गरिन् । कप्तान रुविना क्षेत्रीले १७ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । ८३ रनमा ४ विकेट गुमाएको कोशी ९ रन जोड्दा बाँकी ६ विकेट गुमाएको थियो ।

सुदूरपश्चिमका लागि कविता जोशीले ४ ओभरमा मात्र ११ रन खर्चिदै ३ विकेट लिइन् भने रितु कनौजिया र स्नेहा महराले समान २–२ विकेट लिए । कविता प्लेयर अफ दि म्याच भइन् ।

खेलकुद विकास परिषद् बागमतीको आयोजनामा जारी प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेट भोलि बुधबारदेखि सुरु हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>