चितवन विशेष

आजदेखि औपचारिकरुपमा सुरु भयो बिक्रमबाबा मेला, उपप्रमुख अधिकारीले गरे सुभारम्भ

Banner

चितवन, चैत २७-

चितवनमा आजदेखि बिक्रमबाबा मेला औपचारिकरुपमा सुरु भएको छ ।

आज मंगलबार भरतपुर महानगरपालिका उपप्रमुख एवम् मेला आयोजना मूल समारोह समितिका संयोजक चित्रसेन अधिकारीले एक कार्यक्रमका बीच बिक्रम बाबाको पूजा आराधना गरी मेलाको शुभारम्भ गरेका हुन् ।

मेलामा सात लाख दर्शक पुग्ने अपेक्षा गरिएको छ । मेला प्रत्येक वर्ष चैत कृष्ण औँशीको दिनदेखि सुरु भएर वैशाख पूर्णिमासम्म सञ्चालन हुने गर्छ । यस वर्ष पनि चैत कृष्ण औँशीको दिनदेखि सुरु भएर वैशाख ११ गते पूर्णिमाको दिनसम्म मेला सञ्चालन हुनेछ । मेलाको झण्डै सात लाख दर्शनार्थीहरुले अवलोकन गर्ने अनुमान गरिएको कार्यसम्पादन समितिका सयोजक एवम् भरतपुर २३ का अध्यक्ष दिपक दवाडीले जानकारी दिए ।

मेलाको शुभारम्भ गर्दै नगर उपप्रमुख अधिकारीले बिक्रम बाबा सबैको आस्थाको केन्द्रबिन्दु भएको बताए । हिजोका दिनमा थारु समुदायले मात्रै मनाउदै र मान्दै आएको यस पर्वलाई अहिले सबै जातजातिहरुले उत्तिकै महत्वका साथ मनाउँदै आएको पाइन्छ उपप्रमुख अधिकारीले भने, ‘बिक्रमबाबा हामी सबैको आस्था र धरोहर पनि हो ।’

चैते दसैँमा हजारौं भक्तजनले विक्रम बाबा दर्शन गर्ने र पशुपंक्षी वली दिने प्रचलन रहिआएको छ । मेलामा चितवनसहित नवलपुर, नवलपरासी, तनहुँ, लमजङ, गोर्खा, मकवानपुरलगायतका जिल्लाबाट दर्शनार्थी तथा भक्तजनहरु आउने गर्छन् । साथै छिमेकी राष्ट्र भारतबाट पनि दर्शनार्थी तथा भक्तजनहरु आउने गर्छन् ।

मन्दिरमा पूजा गर्नका लागि बिहान ६ बजे देखि साँझ ५ बजे सम्म समय तोकिएको छ । साँझ ५ बजे पछि जंगली जनावरको चहलपहल हुने भएकाले सो समय निर्धारण गरिएको निकुञ्ज प्रशासनले जानकारी दिएको छ ।

बिक्रम बाबाको दर्शन गर्नाले सन्तान प्राप्ति, सुख शान्तिलगायतका मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको पाइन्छ । जानकारहरुका अनुसार वनाम गरेको आदीबासीहरुको (गुरौ) को बाघको आक्रमणबाट ज्यान गएको ठाउँमा पूजा गर्नाले मनले चिताएको पूरा हुन्छ भन्ने बिश्वास पनि रहिआएको छ ।

चितवनको राप्ती पुलबाट करिब २ किलोमिटर निकुञ्ज भित्र बिक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । मेलामा धुमपान तथा मद्यपानलाई पूर्णरुपमा निषेध गरिएको छ । त्यस्तै मेला परिसरमा सहायता कक्ष र हेल्थ डेस्क पनि राखिएको छ । भक्तजनहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै एम्बुलेन्स,भइपरी आउने दैवी प्रकोप तथा उद्धार को लागि दमकल पनि मेला अवधिभर मेला परिसरमा रहनेछ । विक्रम बाबा पूजा स्थल कसरा क्षेत्रको भित्री व्यवस्थापनको जिम्मा चितवन राष्ट्रिय निकुञ्जले गरेको छ भने बाहिरी क्षेत्रको मेला व्यवस्थापनको जिम्मा नगर प्रहरी बल, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>