Breaking News

नारायणी नदी किनारमा आदिवासी जनजाति महोत्सवमा बनाईएका घरमा आगोलागी

Banner

चितवन, चैत्र २६-
नारायणी नदी किनारमा आदिवासी जनजाति महोत्सवमा बनाईएका घरमा आगोलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति पौने नौ बजे आगोलागी भएको हो । अहिले नेपाल प्रहरी र दुई वटा दमकलबाट आगो निभाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी श्रीप्रसाद भण्डारीले जानकारी दिए ।

आदिवासी जनजाति समुदायको कला, संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले नारायणी नदी किनारमा विभिन्न जात जातिका ११ वटा घर बनाइएको थियो । यी घरहरु सबैमा आगो फैलिएको थियो । यी मध्ये अझै दुई वटामा आगो निभाउन बाँकी रहेको भण्डारीले जानकारी दिए । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद् चितवनको आयोजनामा नारायणी नदी–किनारमा चैत्र ९ गतेदेखि २१ गतेसम्म सांस्कृतिक महोत्सव भएको थियो । आगोलागीको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>