चितवन विशेष

नयाँ वर्षमा भरतपुरको जेम्स वल्र्ड फन पार्कले ल्यायो भारी छुटको अफर

Banner

चितवन, चैत २६–

भरतपुर महानगरपालिका– ४ लंकुमा रहेको अन्तर्राष्ट्रियस्तरको जेम्स वल्र्ड फन पार्कले नयाँ वर्षलाई लक्षित गरेर भारी छुटको अफर ल्याएको छ ।

फन पार्कले भरतपुर भ्रमण वर्ष र नयाँ वर्षलाई लक्षित गरेर सो अफर ल्याएको हो ।

फन पार्कका अध्यक्ष महेश तिवारीले आज प्रेषित गरेको प्रेस नोट अनुसार फन पार्कको पाँचौं वार्षिकोत्सवको अवसरमा छुटको अफर ल्याइएको छ । फन पार्कले नयाँ वर्ष २०८१ को अवसरमा वैशाख १, २ र ३ गते टिकट खरिद गरी उक्त टिकट जेठ महिना भरी अर्थात दुई महिनाभित्र पुन अर्काे पटक प्रयोग गर्न मिल्ने व्यवस्था गरेको छ । छुटको योजना ५५० र ७५० रुपैयाँको टिकटमा मात्र लागू हुने पार्कले नारायणी अनलाइनलाई जनाएको छ ।

पार्कले टिकट खरिदमा प्रत्येक ग्राहकलाई विभिन्न अफरहरु हरेक वर्ष ल्याउने गरेको छ । अफर अनुसार फन पार्कभित्रका ड्राई ग्याम्स पाँच वटा, पानीमा हुने सम्पूर्ण खेलहरु, रेल चढ्नेदेखि बालबालिकाको क्षेत्रमा राखिएका सम्पूर्ण खेलहरु टिकटबाट खेल्न सकिने छ ।

चितवनमा गर्मी लागेसँगै फनपार्कमा मानिसहरुको आकर्षण बढेको अध्यक्ष तिवारीले जानकारी दिए । उनले भने, ‘ चितवन बाहिरबाट पनि फनपार्क हेर्नको लागि आन्तरिक पर्यटकहरु नियमित आउने गरेका छन् । यसबाट भरतपुर भ्रमण वर्ष–२०२४ लाई पनि ठूलो सहयोग पुगेको छ ।’

फनपार्कमा मिनी रेल, स्विमिङ पुल, अम्ब्रेला वाटर फल, ट्याम्पोलिङ, आउट डोर प्ले ग्राउण्ड, बढी स्लाइड, मल्टी लेन रेसर, पारिवारिक स्लाइडको आनन्द लिन सकिन्छ । फन पार्कमा सानादेखि ठूला गरी १०० खेल समावेश गरिएको छ । सबै उमेर समूहलाई लक्ष्य गरी छुट्टाछुट्टै खेलको व्यवस्था गरिएको छ । फन पार्कमा रहेको चितवनकै पहिलो वाटर पार्कलाई विशेष आकर्षणको रूपमा राखिएको छ । वाटर पार्कमा दुई ठूला टनेल छन् । ४३ फिटको उचाइबाट २६५ फिट लामो टनेलमा पानीमा रम्दै झर्ने व्यवस्था गरिएको छ । चितवनमा गर्मी बढेसँगै स्विमिङ पुल र वाटर पार्कमा मानिसहरुको भीड लाग्ने गरेको पार्कले जनाएको छ । भेटघाट ग्रुपको प्रवद्र्धनमा सञ्चालिन फन पार्कमा रेस्टुरेन्ट, फुड कोर्ट, नर्सिङ स्टेसनसमेतको व्यवस्था गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>