अपराध

नारायणगढमा स्कुटरको डिकीबाट ११ लाख रुपैयाँ चोरी

Banner

चितवन, चैत २६-

नारायणगढमा स्कुटरको डिकीबाट ११ लाख रुपैयाँ चोरी भएको छ ।

आइतबार दिउँसो भरतपुर महानगरपालिका–३ नारायणगढको नेपाल इन्भेष्टमेन्ट बैँक अगाडि पार्किङमा राखिएको ना ४१ प ५३१६ नम्बरको स्कुटरको डिकीबाट सो रकम चोरिएको हो ।

चितवन प्रहरीका अनुसार स्कुटरको डिकीभित्र पछाडि भिर्ने कालो झोलामा रहेको एघार लाख रुपैयाँ हराएपछि स्कुटर धनी भरतपुर–१० का महेशबाबु खनालले प्रहरीलाई जानकारी गराएका थिए । सीसीटीभी फुटेजसमेत हेरी आवश्यक खोजतलास भइरहेको चितवन प्रहरीले जनाएको छ । चितवन प्रहरी प्रवक्ता श्रीराम भण्डारीले सीसीटीभी फुटेजमा पैसा निकालेको देखिएको तर को मानिसले चोरी गरेको हो भन्ने छानबिन भइरहेको बताए ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>