खेलकुद

गौतमबुद्ध क्रिकेट रंगशाला परिसरमा ‘भरतपुर फ्ल्याट ट्रयाक’, दिपेशले जिते उपाधि

Banner

चितवन, चैत २६–

भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा मोटरसाइकल रेसिङ प्रतियोगिता ‘भरतपुर फ्ल्याट ट्रयाक–२०८०’ सम्पन्न भएको आइतबार दिउँसो भएको प्रतियोगितामा दिपेश तामाङ प्रथम भएका छन् ।

यस्तै प्रतियोगितामा विशाल दोर्जे तामाङ फस्ट रनरअप भए भने कुशल दुलाल सेकेण्ड रनरअप भए । उनीहरुलाई प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव सूर्य भण्डारीले पुरस्कार वितरण गरे । प्रथम स्थान हालिस गरेका दिपेशले नगद ५० हजार, फस्ट रनरअप विशालले नगद ३० हजार र सेकेण्ड रनरअप कुशलले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

नासा नेपाल बागमती प्रदेश र चितवन अटोमोबाइल डिलर्स एशोसियसनले अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको अवसर पारेर रंगशाला परिसरमा प्रतियोगिता आयोजना गरेको छ ।

नासा नेपाल बागमतीका अध्यक्ष राजन पियाले छोटो तयारीका बाबजुत अस्थाई ट्रयाकमा प्रतियोगिता सम्पन्न गर्न सफल भएको बताए । उनले मोटरसाइकल रेसिङ प्रतियोगितालाई धेरै कमले खेलकुदको रुपमा लिने गरेको भन्दै त्यसलाई चिर्नका लागि चितवनमा यो प्रतियोगिता गरिएको बताए । उनले आगामि दिनमा यस्तो खालको प्रतियोगिता आयोजना गर्दै जाने बताए ।

संघले वैशाखमा भरतपुर भ्रमण वर्षलाई प्रवद्र्धन गर्न देवघाट–हलेसी–सगरमाथा मोटर र्‍याली आयोजना गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>