घटना -दुर्घटना

नारायणीमा पौडी खेल्दा बेपत्ता भएका एक बालक मृत फेला

Banner

चितवन, चैत २५-

नारायणी नदीमा पौडी खेल्ने क्रममा चैत २३ गतेबाट बेपत्ता भएका एक बालक मृत फेला परेका छन् ।

बेपत्ता भएका भरतपुर महानगरपालिका–१५ बस्ने १२ वर्षीय सौगात तामाङको खोजतलासको क्रममा आज प्रहरीले भरतपुर–२७ सिसवार स्थित नारायणी नदीमा शव फेला पारेको हो ।
तामाङ भरतपुर–१६ सानोगढी क्षेत्रमा नारायणी नदीमा पौडी खेल्दा डुबी बेपत्ता भएका थिए । मृतकको आमा र मामाबाट सनाखत भएको चितवन प्रहरीले जनाएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>