Breaking News

अन्तर प्रदेश राष्ट्रिय खेलकुदः कोशी प्रदेश महिला क्रिकेटको फाइनलमा

Banner

चितवन, चैत २५–
कोशी प्रदेश प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको पहिलो सेमीफाइनलमा बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्दै कोशी फाइनलमा स्थान सुरक्षित गरेको हो । बागमतीले दिएको ८३ रनको झिनो लक्ष्य कोशीले १४.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो । कोशीको जितमा काजल श्रेष्ठ अविजित ३३ रन बनाइन् भने कप्तान रुविना क्षेत्री १९, अप्सरी बेगम ९ रनमा आउट भइन् । रोमा थापा अविजित ७ रन बनाइन् ।
बागमतीका लागि खुशी डंगोल र कृश्मा गुरुङले समान एक विकेट लिए । डंगोलले ४ ओभरमा १८ रन खर्चिइन् भने गुरुङले २ ओभरमा १८ रन खर्चिइन् ।
यसअघि पहिले टस जितेर पहिले ब्याटिङ गरेको बागमती निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८२ रन बनाएको थियो । उसका लागि सलिना शाहीले अविजित २२ र विपिशा शाहीले अविजित १३ रन बनाइन् । यशोधा विष्ट १०, हेलिसा गुरुङ र सोनी पाख्रिनले समान १० रन, अस्मिना कर्माचार्य ४ र कंचन श्रेष्ठ ३ रनमा आउट भइन् ।
बागमतीलाई कम योगफलमा रोक्न कोशीका अलिशा खदिया २, सबनम राई, रुविना क्षेत्री र संगीता राइले समान एक–एक विकेट लिए । खेलमा कोशीकी काजल श्रेष्ठ प्लेयर अफदि म्याच भइन् ।
यसैबीच आजै भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई १२१ रनको फराकिलो अन्तरले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ ।
सुदूरपश्मिले दिएको २०८ रनको विशाल लक्ष्य पछ्याएको मधेश प्रदेश ८ विकेटको क्षतिमा ८६ रन मात्रै बनाउन सक्यो । मधेशका लागि साना प्रविनले २१, अनुराधा चौधरीले १८ र ममता चौधरीले १६ रन बनाइन् ।
सुदूरपश्चिमका लागि लक्ष्मी साउदले ४ ओभरमा २० रन खर्चिदै ३ विकेट लिइन् । कविता कुवँर, कविता जोशी, रितु कौनजिया र रेवती धामीले समान एक–एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेश विन्दु रावलको अर्धशतकीय पारीमा ४ विकेटको क्षतिमा २०७ रन बनाएको थियो । विन्दुले नटआउट ६० बलमा ८० रन बनाइन् । उनले १२ चौका र एक छक्का प्रहार गरिन् । कविता जोशी अविजित १८ बलमा ३२ रन बनाइन् । उनले ५ चौका र एक छक्का प्रहार गरिन् ।
मधेशका लागि सरस्वती चौधरी र सुनिता चौधरीले समान २ विकेट लिए । खेलमा सुदूरपश्चिमकी विन्दु रावल प्लेयर अफ दि म्याच घोषित भइन् ।
जितसंगै सुदूरपश्चिमले सेमीफाइनलमा लुम्बिनी प्रदेशको सामना गर्ने छ । विजेता टोली फाइनलमा कोशी प्रदेशसंग भिड्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>