Breaking News

अन्तर प्रदेश राष्ट्रिय खेलकुदः महिला क्रिकेट आजदेखि सुरु, बागमती र कोशी विजयी

Banner

चितवन, चैत २४–

प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ ।
प्रदेश खेलकुद विकास परिषद् बागमतीको आयोजनामा प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको समुद्घाटन अघि नै आजबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा महिला क्रिकेट प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा बागमती प्रदेश र कोशी प्रदेशले विजयी सुरुवात गरेका छन् । पहिलो खेलमा गण्डकी प्रदेशले दिएको ९३ रनको लक्ष्य बागमतीले १६.३ ओभरमा २ विकेट गुमाउँदै पुरा ग¥यो । बागमतीका लागि एशोधा विष्ट २४ र सोनी पाख्रिन २३ रनमा अविजित रहे । हेलिसा गुरुङले २४ र कञ्चन श्रेष्ठले १० रन बनाइन् ।
गण्डकीका लागि निरु गौतमले ४ ओभरमा २० रन खर्चिदै २ विकेट लिइन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ९२ रन बनाएको थियो । गण्डकीका लागि सेमिना केसीले सर्वाधिक २७ रन बनाइन् । कुशम गोदारले १६ र सृजना पौडेलले १५ रन बनाइन् ।
बागमतीका लागि अस्मिना कर्माचार्यले ३ ओभरमा २० रन खर्चिदै ३ विकेट लिइन् भने कृश्मा गुरुङले एक विकेट लिइन् । खेलमा बागमतीकी अस्मिना प्लेयर अफ दि म्याच भइन् । जितसंगै बागमती सेमीफाइनल प्रवेश गरेको छ ।
यस्तै प्रतियोगिता अन्तरग आजै भएको दोस्रो खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।
कर्णालीले दिएको ५५ रनको झिनो लक्ष्य कोशीले विना विकेट ७.१ ओभरमा जित हात पा¥यो । कोशीको जितमा कप्तान रुविना क्षेत्री २५ बलमा ३७ रन र काजल श्रेष्ठ ६ रनमा अविजित रहे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली १५.२ ओभरमा ५५ रनमै अलआउट भयो । कर्णालीका लागि किरण कुमारी कुवँरले सर्वाधिक ३१ रन बनाइन् । उनले ४ चौका र एक छक्का प्रहार गरिन् । अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन् ।
कर्णालीलाई सस्तैमा समेट्ने कोशीकी अलिशा खदियाले ३.२ ओभरमा मात्र ५ रन खर्चिदै ५ विकेट लिइन् । अप्सरी बेगमले २, सबनम राईले १ विकेट लिइन् । ६ विकेट लिएकी अलिशा प्लेयर अफ दि म्याच घोषित भइन् ।
आजको जितसंगै कोशी सेमीफाइनलमा प्रवेश गरेको छ । अब भोलि फाइनल प्रवेशका लागि कोशी र बागमती भिड्ने छन् भने समूह ‘बी’ अन्तरग सुदूरपश्चिम र मधेश प्रदेश बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा लुम्बिनी प्रदेश भने सिधै सेमीफाइनल प्रवेश गरि सकेको छ । सुदूरपश्चिम र मधेशबीचको खेलको विजेताले सेमीफाइनलमा लुम्बिनीसंग भिड्ने छ । अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक समुद्घाट भोलि बेलुका निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>